गुरुवार, 15 जुलाई 2010

खै कहाँबाट हुलका हुल सलहहरु आए पसिना बगाएको बारी लह लहलाउदैको बाली डाठै नराखी खाएसत्या नासीहरु बाली कुचो झै लाए। खै कहाँबाट बथानका बथान झुसिली किराहरु आए मेहनेतले छरेको कलकलाउदो बाली पातै नछाडी खाए बजिया बिनासकारी भोकमरी नै ल्याए।
खै कहाँबाट बगालका बगाल चराहरु आए भर्खर पाकन थालेको बाली दानै नराखी खाए पापी अत्याचारीहरु ठुलो संकट नै ल्याए। आज मान्छे भोको हुँदा टि उग्राउन पो थाले यि किराहरु यि चराहरु मान्छेका बर्गशत्रु पो हुन थाले। ]

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें