कपाल कालो भए पनि
उमेर त पाको हजुर
नोट दिए पनि हुन्छ
भोट दिए पनि हुन्छ
देश त चलाऊनै पर्यो
झोला बोकी आको हजुर।
हेर्दा,चिल्लो पिरो भए पनि
दु:ख धेरै खाको हजुर
पार्टी छिरे पनि हुन्छ
पार्टी फोरे पनि हुन्छ
सरकार त बनाउनै पर्यो
फुलमाला बोकी आको हजुर।
देख्दा सिदा सादै हो
भित्र त मापाको हजुर
साम्सद चोरेर हुन्छ कि
पार्टी फोरेर हुन्छ
सत्ता त हातमा ल्याउनै पर्यो
घर घ्ररमा पुगीराको हजुर
अरुले कती खाए के खाए
अफुले ता खानै नपाको हजुर
सुत्केरो जोरेर हुन्छ कि
भ्रमण गरेर हुन्छ
भात्ता त पकाउनै पर्यो
घरमा बुढी फकाउनै पर्यो
त्यसै चुनाब जिती आको हजुर?
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें